८ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ४८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार १७७ नमुना परीक्षण गरिएकोमा ४८७ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ८०६ आरटी पीसीआर गर्दा २४२ र २ हजार ३७१ एन्टिजेन विधिबाट परीक्षण गर्दा २४५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १६४ जना भने संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ९६ हजार २३१ र एन्टिजेन विधिबाट १ लाख ४९ हजार ८३० पुगेको छ । संक्रमितमध्ये ९ लाख ७९ हजार ९३८ केस संक्रमणमुक्त भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९९५ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.४ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।
अब देशभर ४ हजार २९८ कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।