७ भदौ, काठमाडौं । चिकित्सा शिक्षाको डिएम/एमसीएच/एनबीएमएस सबस्पेसियालिटी तहको प्रवेश परीक्षाको आवेदन फारम भदौ १७ गतेबाट खुल्ने भएको छ ।
चिकित्सा शिक्षा आयोगले सूचना जारी गर्दै आगामी असोज दोस्रो हप्तामा सञ्चालन हुने सो तहको एकीकृत प्रवेश परीक्षाको फारम अनलाइन मार्फत भर्न सकिने जनाएको छ ।
प्रवेश परीक्षाका लागि आगामी भदौ १७ गते देखि अनलाइन आवेदन दिन सकिनेछ ।
प्रवेश परीक्षासम्बन्धी विस्तृत सूचना पछि प्रकाशन गरिने पनि आयोगले जानकारी दिएको छ ।