Nepal's Trusted Health Online Portal

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय सामाजिक विकासमा गाभिने

Get real time updates directly on you device, subscribe now.

९ माघ, काठमाडौँ । गण्डकी प्रदेशमा मन्त्रालय संख्या घटाएर ७ ओटा कायम हुने भएको छ ।

प्रदेशमा नयाँ सरकार बनेसँगै १२ वटा मन्त्रालयमा केहीलाई गाभेर ७ ओटा मात्र कायम गर्न लागिएको हो ।

प्रदेशको स्वास्थ्य मन्त्रालयलाई सामाजिक विकास गाभेर एउटै मन्त्रालय बनाइएको छ ।

यसअघि कृष्णचन्द्र नेपाली मुख्यमन्त्री भएपछि मन्त्रालय संख्या बढाएर १२ पुर्‍याइएको थियो । त्यसभन्दा अघि भने गण्डकीको पहिलो सरकारमा सातैओटा मात्र मन्त्रालय थियो ।

गण्डकीमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला मन्त्रालय, अन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार निकास मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, उद्योग मन्त्रालय, पर्यटन पर्यटन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कृषि तथा जलस्रोत मन्त्रालय गरी ७ ओटा मन्त्रालय कायम रहनेछ ।

गण्डकी प्रदेश सरकारकी प्रवक्ता सीता सुन्दासका अनुसार बेलुकासम्म मन्त्रालयको भागबन्डा गरेर मन्त्रिपरिषद् विस्तार हुनेछ ।

गण्डकी प्रदेशमा अहिले नेकपा एमाले, नेकपा माओवादीसहितको संयुक्त सरकार छ भने खगराज अधिकारी मुख्यमन्त्री छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.