Nepal's Trusted Health Online Portal

डा.रुइतसँग प्रधानमन्त्रीको भेट, तिलगंगा आँखा केन्द्रलाई विश्वविद्यालय बनाउने प्रतिवद्धता

Get real time updates directly on you device, subscribe now.

७ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालयको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।

तिलगंगा आँखा अस्पतालका निर्देशक बरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतसँग शनिबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

डा.रुइतले तिलगंगा आँखा केन्द्रलाई विश्वविद्यालयका रुपमा विकास गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार जवाफमा प्रधानमन्त्री दाहालले मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक भएको भन्दै डा.रुइतको चाहना अनुसार विश्वविद्यालय बनाउन पहल गर्ने बताएका थिए ।

प्रधानमन्त्री दाहालले डा.रुइतले हालै पाएको बहराइनको विश्वप्रसिद्ध इसा अवार्ड सम्मानले नेपालको शीर उँचो बनाएको बताए । नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको दाहालको भनाई छ ।

प्रधानमन्त्री दाहालले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक सबै खालका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि उनको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागिसमेत नेपालमा नै औषधी उत्पादन गर्न सक्ने सम्भावना रहेको बताएका थिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.