Nepal's Trusted Health Online Portal

इमर्जेन्सीमा आएका विरामीलाई उपचार नदिई नफर्काउनुः स्वास्थ्य मन्त्रालय

Get real time updates directly on you device, subscribe now.

२२ साउन, काठमाडौँ । आकस्मिक कक्षमा उपचारका लागि आएका विरामीहरुलाई उपचार सेवा नदिई नफर्काउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले थप आवश्यक पर्ने सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नभएको खण्डमा मात्र त्यस्ता सेवा उपलब्ध हुने अस्पतालमा रिफर गर्न अनुरोध गरेको हो । त्यसरी रिफर गर्दा आवस्यक सेवा उपलब्ध भएको अस्पतालसँग समन्वय गर्नसमेत मन्त्रालयले भनेको छ ।

“आकस्मिक कक्षमा उपचार गर्न आइपुग्ने विरामीहरुलाई उपचार दिएर स्थिर गराई थप आवश्यक पर्ने सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नहुने भएमा मात्र त्यस्ता सेवा उपलब्ध हुने अस्पतालमा सो अस्पतालसंगको समन्वयमा प्रेषण गर्न गराउनु हुन यस मन्त्रालय सबै सरोकारवालाहरुमा अनुरोध गर्दछ” मन्त्रालयका प्रवक्ता डा.प्रकाश बढाथोकी हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

संविधानमा नै मौलिक हकको रुपमा सुरक्षित आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित नगर्न मन्त्रालयले अनुरोध गरेको हो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.