Nepal's Trusted Health Online Portal

स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको पार्टीसँग आग्रह

Get real time updates directly on you device, subscribe now.

२८ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमा सुधार कार्यक्रमलाई अपनत्व लिइदिन आग्रह गरेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै पार्टी केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पाौडेलले आफूले आइतबार मन्त्रीका हैसियतमा सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रका प्राथमिकता तथा कार्ययोजनामा स्वास्थ्य बीमाको दायरा ५ लाख पुर्याउने विषय समेटेको उल्लेख गर्दै यसका लागि श्रोत सुनिश्चितसमेत गर्न सकिने उल्लेख गरे । उनले ४० अर्ब हाराहारीमा बीमाका लागि श्रोत जुटाउन सकिने भन्दै आफ्नो पार्टीकै पालामा अघि बढेको कार्यक्रम सुधारका लागि आफूले अघि सारेको कार्यक्रमलाई अपनत्व लिएर अघि बढाउन निर्णय गरिदिन केन्द्रीय समितिसमक्ष आग्रह गरे ।

मन्त्री पौडेलले भने, मन्त्रालयले अघि सारेको प्राथमिकता र कार्ययोजनाअन्र्तगतको बीमा सुधार योजना कार्यान्वयन गर्ने निर्णय गरेर प्रोत्साहित गर्न अनुरोध गर्दछु ।
बैठकमा मन्त्री पौडेलले नेतृ चित्रलेखा यादवले उठएको क्यान्सरको औषधी महँगो भएको विषयको जवाफ दिंदै यी लगायत बढी मूल्य परेका औषधीको मूल्य समायोजन गर्नकै लागि कार्ययोजनामा मूल्य समायोजनको कुरा ल्याएको बताए । नसर्ने रोगको औषधि मूल्य आकासिएको छ, उनले भने त्यसैले यसलार्य नियन्त्रण गर्न मैले समायोजनको प्रस्ताव ल्याएको छु ।

ललितपुरका मेयर महर्जन विषयगत समिति सदस्य मनोनित
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई मन्त्रालयअन्र्तगतको संघ प्रदेश र स्थानीय तह विषयगत समितिको सदस्य मनोनित गरेका छन् । उनले मन्त्रीस्तरीय निर्णय गर्दै ललितपुरका मेयर महर्जनलाई देशैभरका तहबीचको स्वास्थ्य विषय समन्वयका लागि महत्वपूर्ण पदमा मनोनयन गरेका हुन् ।

समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ अन्र्तगत बनेको समितिले स्वास्थ्य क्षेत्रको योजना तथा कानूनको तर्जुमाका लागि तीनै तहसँग परामर्श र समन्वय गर्ने छ । ऐन आएयता हालसम्म पूर्णता नपाएको र बैठकसमेत नबसेको समितिको बैठक आगामी भाद्र ६ गते पहिलो पटक तोकिएको छ । मन्त्री पौडेलले संघको मात्र विषय नभएकाले सबै तहसँग समन्वय गरेर आफूले अघि सारेका कार्ययोजना लागू गराउन पहल थालेको र बैठकसमेत डाकिएको बताए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.