Nepal's Trusted Health Online Portal

स्वास्थ्यमन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

Get real time updates directly on you device, subscribe now.

१६ असार, रासस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको जनाइएको छ । वीर अस्पतालले जारी गरेको विज्ञप्तिमा अस्पतालका निर्देशक प्राडा दिलीप शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको जनाइएको छ ।

निर्देशक प्राडा शर्माले मन्त्री पौडेल ज्वरो आई अस्पतालमा भर्ना हुनुभएको र अहिले स्वास्थ्य सुधार भइरहेको बताउनुभयो । मन्त्री पौडेलले थाइल्यान्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्केलगत्तै यही असार १४ गते अस्पतालमा भर्ना हुनुभएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.