Nepal's Trusted Health Online Portal

वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत 

१२ भदौ, वीरगञ्ज (पर्सा) । यहाँस्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी उपचाररत रहेका छन् । अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहका अनुसार उनीहरुको अवस्था सामान्य छन् । उक्त अस्पतालमा यही भदौ ६ देखि ११ गतेसम्म २२६ जना झाडाका…

देवचुलीमा सुविधासम्पन्न ‘ट्रमा सेन्टर’ निर्माण सुरु   

१२ भदौ, नवलपुर (नवलपरासी ब सु पू) । नवलपरासीको देवचुली नगरपालिका–१७ मा सुविधासम्पन्न ट्रमा सेन्टर निर्माणको काम धमाधम सुरु भएको छ । गत असार ३० गते निर्माण सुरु भएको १८ महिनामा काम सम्पन्न गर्नेगरी नेपाल सरकारसँग भएको सम्झौताअनुसार काम धमाधम…

जापानिज इन्सेफलाइटिसबाट १०३ सङ्क्रमति   

१२ भदौ, काठमाडौं । देशमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ । शाखाप्रमुख डा. अभियान गौतमका अनुसार हाल १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र २०…

अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी

१२ भदौ, दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको लालझाँडी गाउँपालिका–३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पनि अन्य विद्यार्थीहरुसँगै कक्षाकोठामा राखिएको छ । यस्ता विद्यार्थीका लागि छुट्टै शिक्षकको…

गम्भिर हार्ट अट्याक भएका बिरामीको नेपाल मेडिकल कलेजमा सफल उपचार

१२ भदौ, काठमाडौं । हार्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका एक बिरामीलाई नेपाल मेडिकल कलेजका चिकित्सकले बचाएका छन् । मुटु रोगको उपचारका लागि नेपालकै प्रख्यात शहीद गंगालाल ह्दय केन्द्रमा समेत पुगेका काभ्रेपलाञ्चोक घर भएका विजय तामाङको नेपाल…

कोशीमा क्यान्सर, मिर्गाैलालगायतका बिरामीलाई आठ करोड ८५ लाख सहायता वितरण   

११ भदौ, झापा । कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई रु आठ करोड ८५ लाख आर्थिक सहायता वितरण गरेको जनाएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईका अनुसार आर्थिक वर्ष २०८१/ ८२ मा सहायताका लागि एक हजार ७१५ जना…

जिपी अस्पतालमा विद्युतीय चिकित्सा प्रणाली शुभारम्भ   

११ भदौ, दमौली (तनहुँ) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय चिकित्सा प्रणाली (इएमआर)को शुभारम्भ गर्नुभएको छ । अस्पतालमा आज आयोजित…

विशाल रक्तदान महाअभियानमा एक लाख युनिट रक्त सङ्कलन   

१० भदौ, लुम्बिनी । विश्व बन्धुत्व र शान्तिको कामना गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले विभिन्न केन्द्र, शाखा तथा इकाइहरूमार्फत एकसाथ एक लाख युनिटभन्दा बढी रक्त सङ्कलन गरेको छ । राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा…

म्याग्दीको दुर्गम नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना   

१० भदौ, म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएपछि स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ । नामिलाका बासिन्दालाई चिमखोला र घ्याँसीखर्कमा रहेको…

सङ्घीय राजधानी बाहिर पहिलो पटक कोशी अस्पतालमा निः सन्तान क्लिनिक सञ्चालन   

९ भदौ, विराटनगर । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पुर्‍याएको छ । दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस्पलालद्वारा सञ्चालित निःसन्तान उपचार…