२१ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा ५ सय ७० जना महिला र ७ सय ६८ जना पुरुषमा संक्रमण भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
योसँगै उपत्यकाको काठमाडौँमा ६९ हजार ४ सय ७९, भक्तपुरमा ६ हजार ३ सय ५३ र ललितपुरमा ९ हजार ८ सय ५० जना गरी हालसम्म कोरोना संक्रमितको जम्मा संख्या ८ हजार ६ सय ८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ४ हजार ५ सय जना संक्रमित निको भएका छन् भने १८ जना संक्रमितको मृत्यु भएको छ ।