१३ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ६ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा ९ सय ११ जना पुरुष र ७ सय ४ जना महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपत्यकाको काठमाडौँमा ५९ हजार २ सय ३४, भक्तपुरमा ५ हजार ५ सय १९ र ललितपुरमा ८ हजार ३ सय ५० जना गरी हालसम्म कोरोना संक्रमितको जम्मा संख्या ७३ हजार १ सय १२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार ३८ जना संक्रमित निको भएका छन् ।