Nepal's Trusted Health Online Portal

शनिबार नेपालमा २ हजार २२५ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

७ कार्तिक, काठमाडौँ । नेपालमा शनिबार २ हजार २ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार १ सय १० जना काठमाडौँ उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ४६ नमुना परीक्षण गरिएको छ । योसँगै नेफालमा सक्रिय संत्रमितको संख्या ४६ हजार ५७ जना पुगेको छ ।

नेपालमा हालसम्म १ लाख ५५ हजार २ सय ३३ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ४६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८४२ पुगेको छ

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.