२८ पौष । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ सय ५९ जना जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ११५ जना महिला र १४४ जना पुरुष रहेका छन् ।
हाल उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार २४१, ललितपुरमा २७७ र भक्तपुरमा ८८ गरी २ हजार ६०६ जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ४ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ सय ९० जना संक्रमित निको भएका छन् ।