९ कार्तिक, काठमाडौँ । नेपालमा आइतबार २ हजार ८ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ५ सय ३५ जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ५ सय ७२ जना पुगेको छ ।
नेपालमा हालसम्म १ लाख ५८ हजार ८९ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ३६ जना कोरोना संक्रमण मुत्त भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ११ हजार ६ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८४७ पुगेको छ
आइतबार नेपालमा २ हजार ८५६ जनामा कोरोना संक्रमण
Get real time updates directly on you device, subscribe now.