Nepal's Trusted Health Online Portal

देशभर थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

२९ पौष, काठमाडौँ । बुधबार देशभर ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ४६ जना काठमाडौँ उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १ सय ५४ नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय १४ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै ५ जनाकोे कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपालमा हालसम्म २ लाख ६६ हजार १ सय ४३ जना कोरोना भाइरसबाट संक्रमित बनेको सरकारी तथ्याङ्क छ । जसमध्ये २ लाख ५९ हजार ७ सय ७२ जना अर्थात ९७.६ प्रतिशत संक्रमण मुक्त भएका छन् भने १ हजार ९ सय ३७ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.