२० कार्तिक, काठमाडौँ । विहीबार देशभर ७४ जना कोरोना संक्रमितको भेन्टिलेटर र ४२८ जनाको आई.सी.यु. कक्षमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा ४५ जना, प्रदेश नं. २ मा ८ जना, बागमति प्रदेशमा २११ जना, गण्डकी प्रदेशमा ८९ जना, लुम्बिनी प्रदेशमा ६२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना आई.सी.यु.मा उपचाररत छन् ।
प्रदेश नं. १ मा १३ जना, बागमति प्रदेशमा ३५ जना, गण्डकी प्रदेशमा १७ जना, लुम्बिनी प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार ४ सय ३० जना संक्रमित निको भएका छन् ।
।