Nepal's Trusted Health Online Portal

टाटा ग्रुपले एयर इन्डिया दुर्घटनामा भत्किएको मेडिकल होस्टेल बनाइदिने, ज्यान गुमाएकाका परिवारलाई १ करोड भारु

Get real time updates directly on you device, subscribe now.

३० जेठ, काठमाडौं । टाटा ग्रुपले एयर इन्डिया दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई एक करोड भारु दिने घोषणा गरेको छ ।

टाटाले हरेक मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउन लागेको हो ।

दुर्घटनामा घाइते भएका सबैको उपचार गर्ने तथा उनीहरुको आवश्यक हेरचाह र सहयोगको सुनिश्चितताको प्रतिबद्धता पनि टाटाले ग्रुपले गरेको छ ।

त्यस्तै भत्किएको मेडिकल होस्टेल बनाइदिने घोषणा टाटा ग्रुपले गरेको छ ।

बिहीबार भारतको अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ विमान दुर्घटना भएको थियो ।

जहाज उडेको २ मिनेटमै खसेर आगो लागेको थियो । जहाज दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको एयर इण्डियाले जनाएको छ ।

विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्यहरु थिए ।

विमानमा सवार एक जना यात्रु उछिट्टिएर बाँच्न सफल भएका छन् । उनको उपचार भइरहेको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.