काठमाडौं । विश्वव्यापी महामारीको सामना गरिरहेको समयमा नेपाल सरकारले भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता फेरेको छ ।
मन्त्रालयले अब नयाँ प्रवक्ताको जिम्मेवारी डा. जागेश्र्वर गौतमलाइ दिएको छ । नयाँ प्रवक्तालाइ समन्वय महाशाखा सहितको जिम्मेवारी दिइएको मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले जानकारी दिए । गौतम हालै मात्रै मन्त्रालयमा सरुवा भएर आएका हुन् ।
यसअघि उनी परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालको प्रमुखका रुपमा कार्यरत थिए । नयाँ प्रवक्ता तोकिएसंगै हालका प्रवक्ता डाक्टर विकास देवकोटालाइ भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ । उनी नेपालमा कोरोना महामारी सुरु हुनुअघिदेखि नै प्रवक्ताको रुपमा आएका थिए ।