२९ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र थप २०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १६६, ललितपुरका ३१ र भक्तपुरका १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
अब उपत्यकामा सक्रिय संक्रमितको संख्या १० हजार ६७७ रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ६ हजार ४८, ललितपुरमा ३ हजार २८० र भक्तपुरमा १ हजार ३४९ छन् ।
पछिल्लो २४ घण्टामा देशभरी ८३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ हजार ८२६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म संक्रमितमध्ये ९ लाख ३४ हजार ६४८ अर्थात ९६.१ प्रतिशत संक्रमणमुक्त भएका छन् भने ११ हजार ८८२ जना अर्थात १.३ प्रतिशतको मृत्यु भइसकेकोे छ ।