Nepal's Trusted Health Online Portal

थप ४३ जनामा कोरोना संक्रमण, एकको मृत्यु

Get real time updates directly on you device, subscribe now.

२१ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ४३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै एक जना कोरोना संक्रमितको भने मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालका अनुसार ५० जना कोरोना संक्रमित निको भएका छन् । अब देशभर २०२ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा ७४२ आरटी पीसीआर विधि र ५६० एन्टिजेन गरी जम्मा १ हजार ३०१ नमुना परीक्षण गरिएकोमा ४३ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट १० लाख ३ हजार ६४ र एन्टिजेन विधीबाट १ लाख ५३ हजार ७०७ पुगेको छ । संक्रमितमध्ये ९ लाख ९० हजार ८३१ केस संक्रमणमुक्त भएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण १२ हजार ३१ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.७ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.