१६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ७ हजार १८७ आरटी पीसीआर विधी र ४ हजार ३८१ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ८९२ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या ६ लाख ७३ हजार ७४९ पुगेको छ । संक्रमितहरुमा ३९.३२ प्रतिशत महिला र ६०.६८ प्रतिशत पुरुष रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ । संक्रमितमध्ये ९३.३ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
गत २४ घण्टाभित्र देशभर ४१ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ११२ पुगेकोे छ ।