१८ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १२५ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ८ लाख ६२ हजार ८१ पुगेको छ ।
गत २४ घण्टामा १० हजार ६१३ आरटी पीसीआर विधी र ३ हजार १९८ एन्टिजेन गरी जम्मा १३ हजार ८११ नमुना परीक्षण गरिएकोमा ३ हजार १२५ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका संक्रमितहरुमध्ये ३९.८७ प्रतिशत महिला र ६०.१३ प्रतिशत पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८९८ पुगेकोे छ ।
त्यस्तै १ हजार ९२५ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ६ लाख ५८ हजार १२२ छ । संक्रमितमध्ये ९४.१ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।