Nepal's Trusted Health Online Portal

पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

Get real time updates directly on you device, subscribe now.

२४ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५९ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १९ हजार ५१४ पुगेको छ ।

गत २४ घण्टामा ६ हजार ४७२ आरटी पीसीआर विधी र ४ हजार १५ एन्टिजेन गरी जम्मा १० हजार ४८७ नमुना परीक्षण गरिएकोमा २५९ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५५२ पुगेकोे छ ।

मन्त्रालयका अनुसार शुक्रबार ३३७ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ८ लाख ६ हजार २३७ छ । संक्रमितमध्ये ९७.९ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । अब देशभर ५ हजार ९९७ जना सक्रिय संक्रमित छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.