५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ७ हजार १० आरटी पीसीआर विधी र ४ हजार ६८६ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४०१ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणको केस ६ लाख ४५ हजार २०९ पुगेको छ । जसमध्ये ३९.१५ प्रतिशत महिला र ६०.८५ प्रतिशत पुरुष रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ । संक्रमितमध्ये ८९.३ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
गत २४ घण्टाभित्र देशभर ३४ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ६७५ पुगेकोे छ ।