३० वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।
गत २४ घण्टा यता देशभर २१४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १९ हजार ४७४ पीसीआर र ७७१ एन्टिजेन परिक्षण गरिएकोमा ८ हजार ९६० जनालाई कोरोना पोजिटिभ देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख २१ हजार ५१८ अर्थात ७४.६ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ४ हजार ४६६ जनाको मृत्यु भइसकेकोे छ ।