१० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ५५ नमुना परीक्षण गर्दा ६३८ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार २१५ आरटी पीसीआर गर्दा ४०० र २ हजार ८४० एन्टिजेन विधीबाट परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २१८ जना भने संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ८४ हजार ४७५ र एन्टिजेन विधीबाट १ लाख ४१ हजार ८४५ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६८ हजार ८०२ केस संक्रमणमुक्त भएको छ ।
पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५९ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.४ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।
अब देशभर ३ हजार ७१४ कोरोना भाइरसका सक्रिय संक्रमित पुगेका छन् ।