२६ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ८१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ५३४ नमुना परीक्षण गरिएकोमा ८१५ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ४११ आरटी पीसीआर गर्दा ४६५ र २ हजार १२३ एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४७६ जना भने संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधिबाट ९ लाख ९२ हजार १४६ र एन्टिजेन विधिबाट १ लाख ४६ हजार २९९ पुगेको छ । संक्रमितमध्ये ९ लाख ७४ हजार २९५ केस संक्रमणमुक्त भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९८२जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.२ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।
अब देशभर ५ हजार ८६९ कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।