१६ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १८० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ४०० जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार २१८ आरटी पीसीआर विधि र ३ हजार १२३ एन्टिजेन गरी जम्मा ८ हजार ३४१ नमुना परीक्षण गरिएकोमा १८० नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १६ हजार ४३३ पुगेको छ । संक्रमितमध्ये ९ लाख ५६ हजार ८१३ केस संक्रमणमुक्त भएको छ । अब देशभर ८ हजार ५१७ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार २३५ पुगेकोे छ ।
नेपालमा संक्रमितमध्ये ९७.९ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।