२ कार्तिक, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नु पर्ने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को असोज १९ गतेको बैठकले सो निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
तर आर्थिक रुपमा विपन्न, असक्त–असहाय नागरिकहरु, असहाय एकल महिला, अति अपागंता भएका नागरिकहरु, ज्येष्ठ नागरिक, अग्रपक्तिंमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु, सुरक्षाकर्मीहरु लगायत जोखीम क्षेत्रमा कार्यरत कर्मचारीहरुमा लक्षण वा चिन्ह देखिएमा परीक्षण तथा उपचार निशुल्क गरिने छ ।
उल्लेखित व्यक्तिहरुले पनि कोरोना बिमा गरेको भएमा परीक्षण र उपचार खर्च सोही बिमा रकमबाटै व्यहोरिने डा.गौतमले जानकारी दिए ।
डा.गौतमका अनुसार सो निर्णय कार्तिक २ गते देखि नै भर्ना तथा परीक्षण हुने देशभरका सबै सरकारी, गैरसरकारी अस्पताल तथा प्रयोगशालाहरुमा लागु हुनेछ ।