Nepal's Trusted Health Online Portal

आइतबार थपिए ३४७ कोरोना संक्रमित, २ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ८८८ नमुना परीक्षण गर्दा ३४७ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ३६० आरटी पीसीआर गर्दा ३०३ र १ हजार ५२८ एन्टिजेन विधीबाट परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९५ जना भने संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ८३ हजार ६२२ र एन्टिजेन विधीबाट १ लाख ४१ हजार ४९२ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६८ हजार ४८९ केस संक्रमणमुक्त भएको छ ।

आइतबार एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.५ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

अब देशभर ३ हजार १७७ कोरोना भाइरसका सक्रिय संक्रमित पुगेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.