Nepal's Trusted Health Online Portal

११२ नयाँ कोरोना संक्रमित थपिए, ४२९ जना निको भए

Get real time updates directly on you device, subscribe now.

२६ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ११२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ४२९ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ८०१ आरटी पीसीआर विधि र २ हजार ५२७ एन्टिजेन गरी जम्मा ९ हजार ३२८ नमुना परीक्षण गरिएकोमा ११२ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १७ हजार ७२६ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६० हजार ४९७ केस संक्रमणमुक्त भएको छ । अब देशभर ५ हजार ३४० जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९४९ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा संक्रमितमध्ये ९८.२ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.