१८ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १२७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३२१ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ६७२ आरटी पीसीआर विधि र २ हजार २०२ एन्टिजेन गरी जम्मा ६ हजार ८७४ नमुना परीक्षण गरिएकोमा १२७ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १६ हजार ७१८ पुगेको छ । संक्रमितमध्ये ९ लाख ५७ हजार ४८८ केस संक्रमणमुक्त भएको छ । अब देशभर ७ हजार ७७० जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९४१ पुगेकोे छ ।
नेपालमा संक्रमितमध्ये ९८.० प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।