Nepal's Trusted Health Online Portal

देशभर अब ४०,१११ कोरोनाका सक्रिय संक्रमित, सोमबार थपिए १,५७०

Get real time updates directly on you device, subscribe now.

२४ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १ हजार ५७० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ६ हजार १४६ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ८७४ आरटी पीसीआर विधी र ३ हजार ४९१ एन्टिजेन गरी जम्मा ११ हजार ३६५ नमुना परीक्षण गरिएकोमा १ हजार ५७० नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख २ हजार २५९ पुगेको छ । संक्रमितमध्ये ९ लाख १५ हजार ४८९ केस संक्रमणमुक्त भएको छ । अब देशभर ४५ हजार २४८ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८२७ पुगेकोे छ ।

नेपालमा संक्रमितमध्ये ९४.६ प्रतिशत निको भएका छन् भने १.३ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.