२४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ५ हजार ३७४ आरटी पीसीआर विधी र ५ हजार १३० एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ८७५ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या ६ लाख ९२ हजार ८४९ पुगेको छ । संक्रमितहरुमा ३९.४३ प्रतिशत महिला र ६०.५७ प्रतिशत पुरुष रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २८६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ । संक्रमितमध्ये ९४.५ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
गत २४ घण्टाभित्र देशभर २९ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ३२० पुगेकोे छ ।