Nepal's Trusted Health Online Portal

११,०७३ नमुना परीक्षण गर्दा २,५२६ मा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

२१ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप २ हजार ५२६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ८ हजार ४२५ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ६५५ आरटी पीसीआर विधी र ४ हजार ४१८ एन्टिजेन गरी जम्मा ११ हजार ७३ नमुना परीक्षण गरिएकोमा २ हजार ५२६ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस १० लाख ९७ हजार ५८९ पुगेको छ । संक्रमितमध्ये ८ लाख ९५ हजार ८६८ केस संक्रमणमुक्त भएको छ । अब देशभर ५६ हजार ४५७ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७९४ पुगेकोे छ ।

नेपालमा संक्रमितमध्ये ९२.९ प्रतिशत निको भएका छन् भने १.३ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.