Nepal's Trusted Health Online Portal

बिहीबार थप ८,०१७ जनामा कोरोना संक्रमण, ५,२९२ निको भए

Get real time updates directly on you device, subscribe now.

१३ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ८ हजार १७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ७३६ आरटी पीसीआर विधी र ६ हजार ७२ एन्टिजेन गरी जम्मा २१ हजार ८०८ नमुना परीक्षण गरिएकोमा ८ हजार १७ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस १० लाख ६२ हजार १०५ पुगेको छ । संक्रमितमध्ये ८ लाख ३७ हजार ४ केस संक्रमणमुक्त भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६८७ पुगेकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ८९.१ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । बिहीबार देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ जना पुगेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.