Nepal's Trusted Health Online Portal

नयाँ ३ हजार १०८ जनामा कोरोना संक्रमण, १ हजार ५९५ निको भए

Get real time updates directly on you device, subscribe now.

५ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १०८ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख २१ हजार ४६८ पुगेको छ ।

गत २४ घण्टामा ८ हजार ८३६ आरटी पीसीआर विधी र ४ हजार २९९ एन्टिजेन गरी जम्मा १३ हजार १३५ नमुना परीक्षण गरिएकोमा ३ हजार १०८ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका संक्रमितहरुमध्ये ३९.५७ प्रतिशत महिला र ६०.४३ प्रतिशत पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ६०७ पुगेकोे छ ।

त्यस्तै १ हजार ५९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ६ लाख ३४ हजार ९२७ छ । संक्रमितमध्ये ९४.६ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।

 

 

 

 

(स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार  swasthyapost@gmail.com मा पठाउनुहोस्)

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.