९ असार, काठमाडौं । मंगलबार ५३८ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । नेपालका ७६ जिल्ला (रसुवाबाहेक)मा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९० जना महिला र ४४८ जना पुरुष गरी ५३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
संक्रमितमध्ये अहिलेसम्म २ हजार २२४ जना निको भएर घर फर्किइसकेका छन् । डिस्चार्ज हुनेहरुमा १८९ महिला र २ हजार ३५ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा ८ जना महिला र ६८ जना पुरुष गरी ७६ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
त्यस्तैगरी दैलेख दुल्लु–०३ का ४५ बर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट २४ जनाले ज्यान गुमाइसकेका छन् ।