Nepal's Trusted Health Online Portal

डाबर हनीमा न्यूनस्तरको खाद्य पदार्थ भएको पुष्टि, बजारबाट फिर्ता गर्न निर्देशन

Get real time updates directly on you device, subscribe now.

७ जेठ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबरको मह बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले बजारमा भेटिएको डाबर हनी गुणस्तरहीन भएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न भनेको हो ।

खाद्य पदार्थ फिर्ता (रिकल) सम्बन्धी आदेशअनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा सङ्कलन गरिएको नमुना परीक्षण गर्दा डाबर हनी न्यूनगुणस्तरको पाइएको विभागले जनाएको छ ।

विभागले डाबर हनी ५०० ग्रामको प्याकेटमा रहेको ब्याच नम्बर एनबी ००४७७ को गुणस्तर परीक्षण गरेको थियो ।

न्यूनस्तरको खाद्य पदार्थ ठहर भएपछि विभागले उक्त मह उत्पादक तथा वितरकलाई उत्पादन बिक्री वितरण नगर्न निर्देशन दिएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३५ (१) बमोजिम विभागले उक्त ब्याच नम्बरको मह बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.