२० जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ७५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ६३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार देशभरी ६ हजार ८२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ५ हजार ९०४ जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख ६७ हजार ४६७ अर्थात ८१ प्रतिशत भने संक्रमणमुक्त भएका छन् ।