१७ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप ११४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ३८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार देशभरी ४ हजार ७६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ६ हजार ४९१ जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख ४७ हजार ४४६ अर्थात ७९.७ प्रतिशत भने संक्रमणमुक्त भएका छन् ।