Nepal's Trusted Health Online Portal

पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ९,५२७

Get real time updates directly on you device, subscribe now.

२ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ५२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शनिबार देशभरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार १६४ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ६ लाख ३० हजार ४०७ अर्थात ९४.७ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.