Nepal's Trusted Health Online Portal

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमण घट्दो

Get real time updates directly on you device, subscribe now.

१३ मंसिर, रासस । सुदुरपश्चिममा डेङ्गुको सक्रमण घट्दै गएको छ । ३ जनाको ज्यान लिएको लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको सक्रमण सुदुरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा क्रमश घट्दै गएको हो ।

गर्मी र वर्षातको समयमा सङ्क्रमण बढी देखिएको भए पनि हाल भने बिरामीको सङ्ख्या घटेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ वर्षातको समयमा दैनिक रूपमा बिरामी देखिने गरेकाले जोखिम निकै बढेको थियो, सङ्क्रमितलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था पनि आयो । हाल भने त्यो जोखिम भने घटेको छ ।”

वर्षातमा दैनिक रूपमा डेङ्गुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको लार्भा भेटिएकाले पानी जम्ने ठाउँ पहिचान गरेर सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म डेङ्गुले तीनजनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार डेङ्गुका कारण कैलालीमा दुई र अछाममा एकजनाको मृत्यु भएको हो । प्रदेशभर एक हजार दुई सय ७२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

कैलालीमा चार सय ३०, कञ्चनपुरमा दुई सय १४, दार्चुलामा तीन सय ३२,  डोटीमा ८४, बैतडीमा ७३, डडेल्धुरा र अछाममा ४०÷४०, बझाङमा ३३ र बाजुरामा २७ जनामा सङ्क्रमण देखिएको जोशीले बताउनुभयो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.