Nepal's Trusted Health Online Portal

स्वास्थ्य सचिवमा डा.रोशन पोखरेल नियुक्त

Get real time updates directly on you device, subscribe now.

४ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिवमा डा.रोशन पोखरेल नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवातर्फको सचिवमा डा.पोखरेललाई नियुक्त गरेको हो । डा.पोखरेल हाल स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञको रुपमा कार्यरत छन् ।

यसअघि आजै बढुवा समितिको बैठकले स्वास्थ्य सेवातर्फको सचिवका लागि स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरु डा.रोशन पोखरेल, डा.दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो ।

स्वास्थ्य मन्त्रालयमा हाल प्रशासन र स्वास्थ्य सेवातर्फ गरी दुई जना सचिव रहने व्यवस्था रहेकोमा स्वास्थ्य सेवातर्फको सचिवमा डा.पोखरेललाई नियुक्ति दिइएको हो । प्रशासनतर्फ लक्ष्मण अर्याल सचिव छन् ।

डेढ बर्षअघि स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले राजीनामा दिएपछि स्वास्थ्य सेवा तर्फको सचिव पद रिक्त थियो ।

 

 

(स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार  swasthyapost@gmail.com मा पठाउनुहोस्)

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.