Nepal's Trusted Health Online Portal

बुधबार थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४ हजार ३ सय ६४ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२८ जेठ, काठमाडौं । नेपालमा बुधबार नयाँ २ सय ७९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर २५७ जना पुरुष र २२ जना महिला गरी २७९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

संक्रमित मध्ये अहिलेसम्म ६ सय ७४ जना निको भएर घर फर्किइसकेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आज २ जना महिला र ८८ जना पुरुष गरी ९० जना उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म देशका ७२ जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.