Nepal's Trusted Health Online Portal

नेपालमा कोरोनाको नयाँ प्रजाति फैलिएको पुष्टि

Get real time updates directly on you device, subscribe now.

४ जेठ, काठमाडौँ । नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति पनि फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति बी.१.६१७.२ र बी.१.६१७.१ प्रमाणित भएको जनाएको हो ।

मन्त्रालयका अनुसार देशका विभिन्न भागमा गत हप्ता कोभिड संक्रमितको ३५ वटा नमुना जिन स्क्विन्सिङ गर्दा ९७ प्रतिशतमा नयाँ भेरियन्ट बी१.६१७.२ र ३ प्रतिशतमा बी.१.६१७.१ पुष्टि भएको हो ।

३५ जना कोभिड संक्रमितको नमुना परीक्षण गरिएकोमा ३४ जनाको नयाँ भेरियन्ट बी.१.६१७.२ र एक जनाको बी.१.६१७.१ देखिएको छ ।

विभिन्न अध्ययनहरुले हाल देखिएको नयाँ प्रजाति सबै उमेर समुहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.