Nepal's Trusted Health Online Portal

पाठेघरको मुखको क्यान्सरविरुद्धको २० हजार डोज खोप ल्याइयो

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ल्याएको छ । किशोरीलाई लक्षित गर्दै ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप नेपाल ल्याइएको हो ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले मङ्गलबार २० हजार डोज एचपीभी खोप चीनबाट ल्याइएको जानकारी दिए ।

सुरुमा परीक्षणका रूपमा १५ वर्षसम्मका किशोरीलाई एचपिभी खोप लगाउने सरकारको तयारी छ । यो खोपलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मान्यता प्रदान गरेको छ ।

सरकारले जेठसम्म एक लाख २९ हजार ३५५ जनाको निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.