Nepal's Trusted Health Online Portal

कान्ति अस्पतालमा बालिकाको मृत्युबारे छानबीन गर्न समिति गठन

Get real time updates directly on you device, subscribe now.

२० भदौ, काठमाडौं । कान्ति बाल अस्पतालमा ज्यान गुमाएकी बालिकाको मृत्युबारे छानबिनका गर्नका लागि समिति गठन भएको छ ।

सोमबार राती अस्पतालको आकस्मिक कक्षमा भएको घटनाको सत्यतथ्य अध्ययन गर्नका लागि अस्पतालले ३ सदस्सीय छानबिन समिति गठन गरेको हो । डा.प्रकाश जोशी संयोजक रहेको समितिमा नर्सिङ अधिकृत अजिता सिलवाल सदस्य र शाखा अधिकृत डमरु दाहाल सदस्य सचिव छन् ।

समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्नका लागि ५ दिनको समय दिइएको छ ।

मकवानपुर थाहा नगरपालिका–१० घर भई काठमाडौंको बाफल बस्दै आएकी ५ बर्षीय रेजिशा गोपालीको कान्ति बाल अस्पताल आकस्मिक कक्षमा मृत्यु भएको छ ।

उच्च ज्वरो र निरन्तर बान्ता भएपछि इमर्जेन्सी वार्डमा पुर्‍याइएकी गोपालीलाई अस्पतालले वेवास्ता गरी समयमा उपचार नगरिदिँदा ज्यान गुमाउनु परेको आफन्तको आरोप छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.