Nepal's Trusted Health Online Portal

स्वास्थ्यमन्त्रीमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत नियुक्त

Get real time updates directly on you device, subscribe now.

२० वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बस्नेतलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले आज मन्त्रिमण्डल विस्तार गरेका हुन् । उनले नेपाली कांग्रेसका तर्फबाट ३ जनालाई मन्त्रिमण्डलमा समावेश गरेका हुन् ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका हुन् ।

नेपाली कांग्रेसभित्र भागबन्डा नमिल्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई हुँदै आएको थियो । आन्तरिक किचलोका बावजुद सभापति शेरबहादुर देउवाले मन्त्रीहरुको नाम दिएपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुको सपथ भने बिहीबार दिउँसो ३ बजे हुनेछ ।

नवनियुक्त मन्त्री बस्नेत यसअघि २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तथा २०७४ सालमा सूचना तथा सञ्चार मन्त्री बनेका थिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.