२१ भदौ, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापति एवं काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
रिजालको उपचारको क्रममा बिहीबार बिहान काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा.विनोद विजुक्छेले जानकारी दिएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि रिजाललाई गत भदौ १७ गते ग्रान्डी अस्पतालमा पुर्याइएको थियो ।
अस्पतालका अनुसार रिजालको दुवै फोक्सोमा सिभिएर निमोनिया (भाइरल निमोनिया) देखिएपछि सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।
रिजालको उपचारका क्रममा बिहीबार बिहान ७ः३० बजे निधन भएको ग्रान्डी अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार ए.आर.डि.एस भई रेफ्राक्टोरी स्पेटिक शक/एक्युट किड्नी इन्जुरी भएका कारण उनको निधन भएको हो ।