आइतबार १३० कोरोना संक्रमित थपिए, ७५ निको भए

  • 114
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    114
    Shares

११ साउन, काठमाडौं । नेपालमा आइतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार ४४० कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

१७ हजार ९०३ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हाल १७ हजार ९०३ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ४४० जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

७५ जना निको भए
पछिल्लो २४ घण्टामा ७५ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १३ हजार १२८ जना निको भएर घर फर्किइसकेको प्रवक्ता डा.गौतमले जानकारी दिए । कुल संक्रमितमध्ये ७०.५ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।

 

 

(स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार  [email protected] मा पठाउनुहोस्)


  • 114
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    114
    Shares

Leave a Reply